आवश्यकताअनुरूप बल प्रयोग गर्न प्रहरी महानिरीक्षक सिंहको कडा निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले कुनै पनि अपराधका घटना हुन नदिन प्रभावकारीरूपमा प्रहरी परिचालन गर्नुका साथै आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् ।

प्रहरी महानिरीक्षक सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवं सोही कार्यालयअन्तर्गतका प्रहरी कार्यालय प्रमुखहरूलाई बुधबार प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

उनले आमनागरिकलाई राज्यको उपस्थितिको अनुभूति दिने संस्था प्रहरी नै भएको बताउँदै भने, ‘हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुनसक्ने घटनाको पुर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकताअनुरूप कानूनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनु ।’

साथै, घटनालाई गम्भिरताका साथ लिएर संलग्नताको पहिचान गरी कानूनी दायरामा ल्याउनसमेत उनले निर्देशन दिए ।


प्रहरी महानिरीक्षक सिंहले ट्राफिक चेकजाँचलाई अझ व्यवस्थित गराउनुपर्ने उल्लेख गर्दै आर्थिक पारदर्शीतामा शून्य सहनशीलताको नीतिलाई अबलम्बन गरी सबै प्रहरी कर्मचारीले अत्यन्तै व्यवसायिक भएर जिम्मेवारी वहन गर्नुपर्ने बताए ।

फरार अभियुक्त पक्राउलाई अभियानकै रूपमा संचालन गर्नुपर्ने तथा अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर कार्य गर्नुपर्नेसमेत उनले बताए ।

यस आर्थिक वर्षमा फरार अपराधी पक्राउमा उल्लेखनीय प्रगती भएको चर्चा गर्दै उनले उपत्यकास्थित प्रहरी वृत्त एवं प्रभागहरूको सुधारका लागि उपत्यका प्रहरी कार्यालयबाट आवश्यक जनशक्ति परिचालन गरिएको र हालैका घटनामा संलग्नलाई कानूनी दायरमा ल्याइने बताए ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सोही कार्यालय अन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..