बालाजु बृत्तका डीएसपी विष्ट रानीपोखरी तानिए

काठमाडौं । महानगरीय प्रहरी बृत्त बालाजुका डीएसपी रविन विष्ट रानीपोखरी तानिएका छन् ।

सोमबार यातायात मजदुरले बालाजु क्षेत्रमा गरेको आन्दोलनलाई नियन्त्रणमा लिन नसकेपछि डीएसपी विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएको हो ।

विष्ट तानिएपछि उनको स्थानमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीएसपी मनोजित कुँवरलाई पठाइएको छ । सोमबार आक्रोशित मजदुरहरुको समूहले प्रहरीको दुईवटा भ्यान र अस्थायी प्रहरी पोस्टमा आगजनी गरेका थिए ।

उक्त आन्दोलनलाई नियन्त्रण गर्न असफल भएपछि डीएसपी विष्टलाई रानीपोखरी तानिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

बालाजु र बसपार्क क्षेत्रमा मजदुरहरुले सडकमा उग्र प्रदर्शन गर्नुका साथै ल्होत्से मलसहितका केही व्यापारिक भवनमा लुटपाट पनि मच्चाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..