प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ। सोमबार बालुवाटारमा उनीहरूबीच नेपाल र भारतबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको हो।

प्रधानमन्त्री सचिवालयका अनुसार भेटमा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल-भारत सहकार्यका विषयमा छलफल भएको थियो। 

भारतीय विदेश सचिव क्वात्रा नेपाल-भारतको सचिव स्तरीय बैठकका लागि आज काठमाडौं आएका हुन्। यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री विमला पौड्यालसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..