कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ। सोमबार धुम्बाराही निवासमा उनीहरूबीच नेपालर भारतको द्विपक्षीय हितमा छलफल भएको हो।

दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै जनता-जनताबीचको सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको देउवा सचिवालयले जनाएको छ।

‘भारतका विदेश सचिव विनय मोहन क्वात्रासँगको भेट उपलब्धिमूलक रह्यो। हामीले पारस्परिक हितका विभिन्न विषयमा छलफल गरेका छौं र जनता-जनताबीचको सम्बन्धलाई मजबुत बनाउने छौं। हाम्रो साझा लक्ष्य भनेको हाम्रा जनताको हितमा नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउनु हो,’ सभापति देउवाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 

नेपाल र भारतबीचको सचिव स्तरीय बैठकका लागि क्वात्रा सोमबार नेपाल आइपुगेका हुन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..