एमालेकै उम्मेदवार राष्ट्रपति हुन्छन, यसमा कोही भ्रममा पर्नु जरूरी छैनः उपप्रधानमन्त्री राजेन्द्र लिङदेन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङदेनले एमालेकै उम्मेदवार राष्ट्रपति हुने प्रष्ट पारेका छन ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिने क्रममा उपप्रधानमन्त्री लिङदेनले सत्ता साझेदारहरूको दलमा पूर्व सहमति भएको विषयमा कुनै विवाद नरहेको बताए । उनले विगतमा भएको सहमति भन्दा दायाँवायाँ केही नहुने पनि बताए ।

पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘राष्ट्रपतिको विषयमा गठबन्धन दलहरूबीच कुनै पनि असमझदारी छैन । यसअघि भएको सहमतिमा सत्ता साझेदार दलबीच विमत्ति भएका कारण बाहिर चलेका हल्लाहरू भ्रमपूर्ण छन ।’

आइतबारको बैठकमा सरकारका कामको समीक्षा र गठबन्धनको सहकार्यलाई निरन्तरता दिने विषयमा गम्भीर ढंगले छलभएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..