प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप

काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप गरिएको छ। समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रबार दोस्रो पटक बसेको प्रतिनिधि सभा बैठकमा समितिको म्याद थप गर्नका लागि पेस गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

बैठकमा ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभा नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको तर त्यसलाई पूरा गर्न सात दिन समय लाग्ने निर्णय समितिबाट भएकाले सोही प्रस्ताव आफूले प्रतिनिधि सभा बैठक पेस गरेको स्पष्ट पारेका थिए।

गत माघ १० गते २१ सदस्यीय सो समिति गठन गरिएको थियो। समितिलाई कार्य प्रारम्भ भएको मितिले १५ दिनभित्र सो मस्यौदा प्रतिनिधि सभामा पेस गर्ने कार्यादेश दिइएको थियो। गत माघ १३ गतेदेखि काम सुरु गरेको समितिको म्याद आजै सकिँदै थियो ।

प्रतिनिधि सभाको अर्को बैठक माघ २९ गते आईतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..