सेवाग्राहीलाई दुःख दिने बिचौलियाहरु लाई धमाधम पक्राउ गर्दै डीआईजी कुँवर

काठमाडौँ। सेवाग्राहीहरु लाई दु:ख दिने बिचौलियाहरुलाई धमाधम पक्राउ गर्दै प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) बसन्तबहादुर कुँवर ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले यातायात व्यवस्था कार्यालय धनुषा , मालपोत कार्यालय सिराहा , यातायात व्यवस्था कार्यालय लहान सिराहा , मालपोत कार्यालय महोत्तरी , भुमि सुधार महोत्तरी , जिल्ला प्रशासन कार्यालय धनुषा र मालपोत कार्यालय बिरगंज पर्सामा सेवाग्राहीलाई दुःख दिने २३ जना बिचौलियालाई पक्राउ गरेको छ।

प्रहरी टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने २३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका २३ जनामाथि मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..