ओलीसँगको भेटवार्ता सकेर प्रधानमन्त्री सिंहदरबारबाट बाहिरिए,सुदूरपश्चिम सरकारबारे केही बेरमा थाहा हुने भनाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि (शुक्रबार) विहान ९ बजे बस्ने बताएका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता सम्पन्न गरेर बाहिरिने क्रममा उनले संयन्त्रको बैठक भोलि विहान बस्ने जनाएका हुन् ।

त्यस्तै, उनले सुदूरपश्चिम प्रदेश सरकारको संकटमोचनबारे सोधिएको प्रश्नमा अहिले केही बेरमा थाहा हुने जानकारी दिए । आज संयन्त्रको बैठक बस्ने भनिएको थियो । तर, अन्तिममा प्रधानमन्त्री दाहालको कार्यव्यवस्तताको कारण आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित् भएको हो ।

आज अपरान्ह प्रधानमन्त्री दाहालसँग कांग्रेस महामन्त्री गगनकुमार थापाले भेटवार्ता गरेका थिए । सो भेटवार्तामा पनि राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको बताईएको छ । कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री दाहालसँग भेट गरेपछि एमाले नेताहरु सशंकित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..