आईजिपी सिंह र इन्टरपोलका महासचिव जुर्गन स्टकबीच आज भेटवार्ता

आबु धाबी । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को २४औं एशियाली क्षेत्रीय सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा रहेका प्रहरी महानिरीक्षक ( आईजिपी ) धीरजप्रताप सिंह र इन्टरपोलका महासचिव जुर्गन स्टकबीच आज भेटवार्ता भएको छ। भेटमा अन्तर्राष्ट्रिय अपराध, त्यसको अनुसन्धान र नियन्त्रण विषयमा कुराकानी भएको छ।

भेटबारे सामाजिक सञ्जाल ट्विटरमा लेख्दै इन्टरपोल महासचिव स्टकले खुशी व्यक्त गरेका छन्। महासचिव स्टकसँग प्रहरी महानिरीक्षक सिंहसँगै चीन, फिलिपिन्स र उज्वेकिस्तानका प्रतिमण्डलले भेटवर्ता गरेका हुन्।

महासचिव स्टकले ट्विटरमा लेखेका छन्, ‘हाम्रा क्षेत्रीय सम्मेलनहरूको मुख्य विशेषता भनेको सदस्य राष्ट्रहरूसँग आमनेसामने भएर उनीहरूको राष्ट्रिय अपराध चुनौतीहरूको बारेमा सुन्नु हो। चीन, नेपाल, फिलिपिन्स र उज्वेकिस्तानका प्रतिनिधिमण्डलहरूसँग कुरा गर्न पाउँदा खुशी लाग्यो।’

प्रहरी महानिरीक्षक सिंह अबुधाबीमा माघ २४ देखि सञ्चालन भइरहेको २४औं एशियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन माघ २३ गते त्यसतर्फ गएका थिए। सम्मेलन आज सकिँदैछ।

राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) काठमाडौं नेपालका प्रमुखसमेत रहेका आईजिपी सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेत आबुधबाीमा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..