सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन्नौं : अध्यक्ष चौधरी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णयमा अडिग रहेपछि एमालेको नेतृत्वको सुदूरपश्चिम सरकार १ महिनामै ढल्ने भएको छ । अबको तीन घण्टाभित्र अर्को कुनै राजनीतिक घटनाक्रम विकास भएको अवस्थामा बाहेक मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसक्ने भएका छन् । 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी संघीय सांसद रञ्जिता श्रेष्ठले अहिलेकै अवस्थामा सरकारलाई विश्वासको मत नदिने आफूहरूको अडान रहेको जनाएकी छिन् । उनले भनिन् ‘हामी विश्वासको मत दिन्नौं । तटस्थ बस्छौं ।’ उनको यो निर्णयसँगै एमाले संसदीय दलका नेतासमेत रहेका रावल नेतृत्वमा पुस २७ गते गठित सरकारले विश्वासको मत प्राप्त गर्न नसकेर मुख्यमन्त्री पदमुक्त हुने अवस्था आएको हो ।

एमाले, माओवादी, नाउपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री रावलसँगै माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापा बिनाविभागीय मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीले नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक प्रावधान छ । बिहीबार दिउँसो १ बजे प्रदेशसभाको बैठक आह्वान गरिए पनि ४ बजेका लागि सारिएको छ ।

मुख्यमन्त्री रावलले विश्वासको मत लिन नसके उनी स्वतः पदमुक्त हुनेछन् र ठूलो दलका हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनेछन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार पाँच बजेभित्र विश्वासको मत लिने प्रक्रिया सुरु हुन नसके मुख्यमन्त्री पदमुक्त हुने जनाएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका १०(सभामुखबाहेक), एमालेका १०, नाउपाका ७ र राप्रपा र स्वतन्त्र १ जना सांसद छन् । नाउपाले विश्वासको मत नदिएको अवस्थामा सरकारलाई बहुमत (२७) पुग्दैन । सुदूरपश्चिममा १९ सांसदसहित कांग्रेस सबैभन्दा ठूलो दल छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..