काठमाडौं। काठमाडौं महानगरपालिकाले आज मैतीदेवीचोकस्थित प्रहरी बिट खाली गराएको छ । मंगलबार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले सडक मिचेर बनाइएको संरचना हटाउने अभियानमा उक्त भवनमा रहेको प्रहरी बिट खाली गराएको हो ।
महानगरपालिकाको डोजरले प्रहरी विट भत्काउने तयारी गरेको छ ।आज महानगर प्रहरीले प्रहरी बिट खाली गराएको महानगर प्रहरीका एसपी राजु पाण्डेले बताए । केहीबेर उक्त भवन पनि भत्काइने उनले बताए । प्रहरी बिटमा रहेकाे सामान ट्रकमा राखेर लगिएकाे छ ।
प्रहरी बिट कुन भवनमा सार्ने भन्ने बारेमा टुंगाे नलगागेकाे प्रहरीले जनाएकाे छ । मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो पाण्डेले बताए ।


