नक्कली अमेरिकी डलरसहित पाँच समातिए


काठमाडौं । प्रहरीले नक्कली अमेरिकी डलर सहित पाँच जनालाई पक्राउ गरेको छ।काठमाडौँ महानगरपालिका वडा नम्बर ३ महाराजगन्ज एरियामा नक्कली अमेरिकन डलरको कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त महाराजगन्जबाट प्रहरी अधिकृत सहितको टोली परिचालन गरिएको थियो।


प्रहरीले नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका २४ वर्षीय विशाल तामाङ, रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नम्बर १ घर भएका २७ वर्षीय दल बहादुर तामाङ, ३० वर्षीय विजय सुनुवार, ओखलढुङ्गा सिद्धिचरण नगरपालिका घर भएका ४७ वर्षीय तुलमान राई र प्युठान नौबदनी गाउँपालिका घर भएका ४४ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट एक सय दरको २० थान नक्कली अमेरिकन डलर बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..