मधेस प्रदेश प्रहरीले बढायो सक्रियता,धमाधम पक्राउ पर्दै फरार अभियुक्त


लहान । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) बसन्त बहादुर कुँवर आएपछि विभिन्न मुद्दा लागेर फरार अभियुक्त धमाधम पक्राउ पर्न थालेका छन्।

मधेस प्रदेश प्रहरी प्रमुखमा कुँवर आएपछि मधेस प्रदेशका ८ वटै जिल्लामा प्रहरीको सक्रियतामा विभिन्न मुद्दाका अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका हुन्।

१७ दिनको अवधिमा मधेस प्रदेशको ८ वटै जिल्ला ७२१ जना फरार अभियुक्त पक्राउ र ८२ वर्ष १० महिना १५ दिन कैद र रु. ९६ लाख ८ हजार ९७ रुपैयाँ जरिवाना असुल भएको, फरार अभियुक्तहरूलाई पक्राउ गर्न विशेष अभियानलाई मातहत जिल्लाहरूमा कडाइका साथ लागू गरी उल्लेखनीय रूपमा फरार अभियुक्त पक्राउ गर्ने काम भइरहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..