माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ । माओवादीका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यस्तताका कारण बैठक सारिएको हो ।

प्रधानमन्त्री प्रचण्ड आज सिन्धुपाल्चोक पुगेका छन् । सिन्धुपाल्चोकको जुगल ५ चनौटेमा रहेको श्री रत्नराज्य माध्यमिक विद्यालयको ५९औं वार्षिकोत्सव, अभिभावक दिवस र पूर्व विद्यार्थी पूनर्मिलन एवम् जनवादी गणतन्त्र चीन सरकारको सहयोगमा नवनिर्मित आवासीय सुविधासम्पन्न विद्यालय भवनको उद्घाटन गर्न उनी आज सिन्धुपाल्चोक पुगेका हुन् ।

बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको थियो । अर्को बैठक भोलि दिउँसो एक बजे बस्ने बताइएको छ । गत माघ १२ देखि सुरुभएको माओवादीको स्थायी कमिटी बैठक पटक–पटक सर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..