ओलीका आवाज ठूला हुन थाले : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद रामहरि खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आवाज ठूलो बनाउन थालेको टिप्पणी गरेका छन् । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस राज्यमन्त्री पाएपनि सरकारमा आउँछ भनेर दिएको अभिव्यक्तिलाई लिएर खतिवडाले यस्तो बताएका हुन् ।

उनले भने,‘सबै कुराको प्रतिक्रिया दिरहनुपर्दैन् । उहाँको हैसियत हामीलाई थाहा छ । हिजो उहाँले के भन्नुभएको थियो, अहिले टालाटुली बटुली गरेर बस्नुभएको छ, ३२ सिट भएको माओवादीलाई प्रधानमन्त्री दिनुभएको छ, राप्रपालगायत अरुसँग भिख माग्दै हिँड्नुभएको छ ।’

खतिवडाले एमाले अध्यक्ष ओलीलाई कांग्रेसको बारेमा जथाभावी बोल्दै नहिँड्न पनि आग्रह गरे । उनले भने,‘हिजो उहाँ नै होईन, कांग्रेसलाई अब शिला खोज्नुपर्छ भन्ने । अहिले उहाँ कहाँ पुग्नुभयो ? कसलाई सिला खोज्दै हिँड्नुभएको छ । उहाँको आवाज ठूला हुन थाले । सबैलाई होच्याउँदा उहाँ आफू कति ठूलो हुनुभयो, नेपालमा झापामा नै सबैभन्दा होचो ठाउँ छ, उहाँका पनि त्यही मानिसकताको उपज नहोस ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..