पूनः गृहमन्त्री बन्ने दौडमा रवि लामिछाने, ओली बासँग मागे गुहार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज साँझ ५ बजेसम्म आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष अल्टिमेटम दिएका थिए । तर, प्रधानमन्त्री दाहाल आफ्नो अडानमा रहे । उनले आजको भेटवार्ताको सुरुवातमै गृहमन्त्रालय अब रास्वपालाई दिन नसक्ने अडान सुनाएका थिए ।

उनले गृहमन्त्रालय अहिले आफ्नै नेतृत्वमा राखेका छन् । लामिछाने भने कुनैपनि हालतमा गृहमन्त्रालयको नेतृत्वमा फर्कन चाहन्छन् । यसको लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत दबाब बढाएका छन् ।

ओलीले पनि प्रधानमन्त्री दाहाललाई भेटेर पूर्व सहमतिबमोजिम लामिछानेलाई नै गृहमन्त्रीमा नियुक्त गर्न दबाब दिएका थिए । लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म सो मन्त्रालयको नेतृत्व लामिछानेलाई दिन नसकिने प्रचण्डको भनाई छ ।

प्रधानमन्त्री दाहालसँगको भेटवार्ता सुखद् नभएपछि लामिछाने बेचैन छन् । उनले आज ओलीसँग भेटवार्ता गरेका छन् । कतिपयले लामिछानेसँग पूनः गृहमन्त्री बन्न गुहार गरेको भनेर पनि चर्चा गर्न थालेका छन् । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे छलफल भएको बताइएको छ ।

सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको उनको सचिवालयले जनाएको छ । भेटवार्ताका क्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयनको पक्षमा आफू रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..