आईजिपी सिंहकी छोरी नन्दिनीसहित १ हजार ९१ ले पास गरे मेडिकल काउन्सिल लाइसेन्स परिक्षा

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनीक भएको छ ।

काउन्सिलमा चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षामा सामेल भएका २३११ मध्ये १०९१ जनाले मेडिकल काउन्सिल लाइसेन्स परिक्षा उत्तीर्ण गरेका हुन् ।

यसपटक मेडिकल काउन्सिल लाइसेन्स परिक्षा उत्तीर्ण गर्नेमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक ( आईजिपी ) धिरजप्रताप सिंहकी छोरी नन्दिनी कुशुम सिंह पनि छिन् ।

आइतबार प्रकाशित नतिजाअनुसार यसपटकको परिक्षामा ४७.२१ प्रतिशत चिकित्सक उत्तिर्ण भएका छन् ।

माघ १२ देखि १५ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४७.११ र डेन्टलतर्फ ४७.६० प्रतिशत उत्तिर्ण भएको काउन्सिलले जनाएको छ । परीक्षामा दुई हजार ३११ परीक्षार्थी सहभागी थिए ।

ती मध्ये मेडिकलतर्फ १८३२ परिक्षार्थीमा ८६३ जना उत्तीर्ण भएका छन् भने डेन्टलतर्फ ४७९ मध्ये २२८ जना उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..