उच्च मनोवल र अनुशासनका साथ कार्यक्षेत्रमा काम गर्न डीआईजी थापाको निर्देशन

हेटौंडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले उच्च मनोवल र उच्च अनुशासनका साथ कार्यक्षेत्रमा नागरिक सेवालाई सर्वोपरी ठानी अदम्य साहस र उर्जाका साथ कार्यसम्पादन गर्न प्रहरीहरुलाई निर्देशन दिएका छन्।

डीआईजी थापाले बागमती प्रदेश प्रहरी कार्यालय मातहतका नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र बागमती प्रदेश प्रहरी गण हेटौंडाको निरीक्षण तथा अवलोकन भ्रमणपश्चात् उक्त निर्देशन दिएका हुन् ।

आज आयोजित छुट्टाछुट्टै कार्यक्रमकाबीच डीआईजी थापाले कार्यालयहरुको वस्तुस्थिति र सम्पादित कार्यहरुको बारेमा जानकारी लिनुका साथै कार्यालयमा रहेका विभिन्न शाखाहरुको निरीक्षण गरेका हुन् ।

यसैगरी प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेको थुनुवा कक्षको समेत निरीक्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..