प्रहरीको गरिमा उच्च बनाउन डिआइजी ज्ञवालीकाे निर्देशन

विराटनगर । प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले नागरिकको जीउधनको सुरक्षा निम्ति सधैँ गम्भीर हुन निर्देशन दिएका छन् ।


प्रदेश १ को जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण गर्दै उनले जिल्लामा अपराध नियन्त्रण, घटनाको सफल अनुसन्धान, शिथिल मुद्दाको फछ्र्यौट, लागुऔषधको प्रयोग र ओसारप्रसार नियन्त्रण एवं न्यूनीकरण गर्न कडाइका साथ जाँचको व्यवस्था मिलाउन पनि निर्देशन दिए ।

डिआइजी ज्ञवालीले जिल्लामा जनचेतनाका कार्यक्रम सञ्चालन गर्न तथा सङ्गठनको उद्देश्य र गरिमालाई सदैव उच्च बनाउने कार्य गर्नसमेत निर्देशन दिए । सो अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्थादेखि विविध विषयवस्तुका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..