काफ्लेकाे आर्थिक चलखेलमा मापदण्ड नपुगेका ४ कलेजलाई नर्सिङ्ग सम्बन्धन

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आर्थिक प्रलोभनमा परी चार नर्सिङ कलेजलाई सम्बन्धन दिएको पाइएको छ ।

सीटीईभीटीको परिषद् बैठकले मिर्चैया नर्सिङ, ओम शाही नर्सिङ कलेज भैरहवा, सामुदायिक नर्सिङ कलेज चितवन र लाइफगार्ड नर्सिङ कलेज विराटनगरलाई प्रभावमा परी सम्बन्धन दिएको सीटीईभीटी स्रोतको दाबी छ ।

स्रोतका अनुसार आफ्नै सय बेडको अस्पताल नभएर स्वीकृत नपाएका ती कलेजका सञ्चालकले सदस्यसचिव जीवनारायण काफ्लेलगायतका पदाधिकारीलाई प्रलोभनमा पारी स्वीकृत दिएको खुलेको हो । यहाँसम्मकी नर्सिङ कलेज सञ्चालन गर्न स्वीकृत पाएका कलेजको सय बेडको अस्पताल छैन ।

चिकित्सा शिक्षासँग सम्बन्धित विषयलाई चिकित्सा शिक्षा आयोगले अपग्रेडिङ गर्न स्वीकृत दिनुपर्छ । आयोगले मापदण्ड पुगेका १ सय २२ मध्ये ६५ वटालाई अपग्रेडिङ गर्न स्वीकृत दिएको थियो । सोही आधारमा सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले अपग्रेडिङ गर्ने पत्रमा हस्ताक्षर गरेका थिए ।

कलेज अनुगमन र अपग्रेडिङ गर्दा आर्थिक चलखेल गर्न उपाध्यक्षसमेत लागि परेको बताइन्छ । उनले सीएमए सञ्चालन गरेका कलेजलाई अपग्रेडिङ गरी एचए, ल्याब असिस्टेन्टलाई ल्याब टेक्नोलोजी, स्टाफ नर्स बन्द भएकालाई आयुर्वेदिक र रेडियोलोजी विषय सञ्चालनको पत्र दिएका छन् ।

सीटीईभीटीका सदस्यसचिव जीवनारायण काफ्लेले भने पुरानो प्रक्रियामा रहेकालाई सबै विधि र मापदण्ड पु-याएर सम्बन्धन दिइएको बताए । उनले शिक्षा मन्त्रालयले समेत पटक पटक अनुगमन गरेर टुंग्याएको विषय भएकाले यो सम्बन्धनमा कुनै चलखेल नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..