विदेशी नागरिकता लिँदा नेपालको त्यगेकै हुनुपर्छ, रविले संविधानमाथि धावा बोल्दैछन् : भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले नेपाली नागरिकले कुनै पनि देशमा नागरिकता लिँदा नेपाली नागरिकता त्याग्नैपर्ने कानूनी प्रावधान रहेको दावी गरेका छन् । गर्दै नेता रावलले संविधान निर्माण हुँदै गर्दा नेपालीहरुले शक्ति राष्ट्रहरुको नागरिकता लिँदाखेरी नेपालको नागरिकता कायमै राख्दा के हुन्छ र भनेर तर्क आएको स्मरण गर्दै मुलुकको राष्ट्रियता, सुरक्षा र भू-राजनीतिस्थिति जस्ता विषयहरुमा गम्भीर रुपमा बहस भएपछि त्यो दोहोरो नागरिकतालाई पारित गर्न नसकेको दावी गरे ।


उनले वर्तमान गृहमन्त्री रवि लामिछानेको सम्बन्धमा पनि कानून उल्लङ्घन भइरहेको जिकिर गरे ।
उनले भने, ‘वर्तमान गृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतमा आफूबिरुद्ध नागरिकताको विषयमा परेको मुद्धामा दोहोरो नागरिकताले नेपालको दीर्घकालीन अस्थित्व र कुप्रभाह व्यूँताउनेगरी संविधानसँग बाझिनेगरी गृहमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले मैले अमेरिकाको नागरिकता अमेरिकाको नागरिकता लिँदापनि नेपालको नागरिकता त्यागेको थिइन । त्यसकारण स्वत नेपाली नागरिकता सक्रिय भयो भन्ने तर्क गरेर सरासर नेपालको कानून उल्लघंन गरेको देखियो ।’


प्रस्तुत छ नेता रावलको भनाइको सम्पादित अंश
नेपालको संविधान निर्माणको सम्बन्धमा दोहोरो नागरिकताको सम्बन्धमा ठूलो बहस भएको थियो । त्यसमा कतिपय व्यक्तिहरुले ठूला ठूला शक्ति राष्ट्रहरुको नागरिकता लिँदाखेरी नेपालको नागरिकता कायमै राख्दा के हुन्छ र भनेर तर्क दिएका थिए । तर नेपालको राष्ट्रियता, सुरक्षा र नेपालको भू राजनीतिस्थिति जस्ता विषयहरुमा गम्भीर रुपमा बहस भएपछि त्यो दोहोरो नागरिकतालाई पारित गर्न सकेनौँ ।


त्यसपछि हामीले कुनैपनि नेपाली नागरिकले कुनैपनि विदेशको नागरिकता लिन्छ भने उसले स्वत नेपालको नागरिकता त्याग्नुपर्छ । तर त्यो विदेशको नागरिकता औपचारिक रुपमा त्याग गरेर उसले त्यो सूचना नेपालमा दिएपछि फेरी उसले नागरिकता पाउँछ भनेर हामीले सहमति गरेको हो ।


वर्तमान गृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतमा आफूबिरुद्ध नागरिकताको विषयमा परेको मुद्धामा दोहोरो नागरिकताले नेपालको दीर्घकालीन अस्थित्व र कुप्रभाह व्यूँताउनेगरी संविधानसँग बाझिनेगरी गृहमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले मैले अमेरिकाको नागरिकता अमेरिकाको नागरिकता लिँदापनि नेपालको नागरिकता त्यागेको थिइन । त्यसकारण स्वत नेपाली नागरिकता सक्रिय भयो भन्ने तर्क गरेर सरासर नेपालको कानून उल्लघंन गरेको देखियो ।


यसले आफूबिरुद्ध अदालतमा लागेको मुद्धाबाट बच्न सत्तमा आएर शक्तिमा आएर एक पात्र बनेर मुद्धामाथि खेल्न खोजेको त होइन भनेर मलाई शंका लागेको छ । यसलाई छुट्टै विषय र टपिक बनाएर नेपालीले चासो र सरोकार राख्नुपर्छ । हामीले दोहोरो नागरिकता राख्नु हुँदैन भनेर संविधान बनउँदा निर्णय गरेका छौँ । यो कदापी नेपालको संविधान संगत होइन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

अर्काेतर्फ केही डिआइजीहरू व्यक्तिगत स्वार्थका लागि सेवाहद हटाउन नहुने भनेर लबिइङमा लागेकाले पनि यसमा ढिलाई हुने सम्भावना छ । काठमाडौं । नेपाल प्रहरीमा नेतृत्व विकास..