
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सरुवा हुँदा बेड, बिस्तारा बोकेर जानुपर्ने बाध्यता यसै वर्ष अन्त्य गर्ने बताएका छन् ।सशस्त्र प्रहरी बलको २२ औं स्थापना दिवसको अवसरमा हलचोकमा आयोजित समारोहमा बोल्दै आईजीपी अर्यालले यस्तो बताएका हुन् ।
आईजीपी अर्यालले भने,‘सरुवा भएर जाँदा बेड, विस्तारा बोकेर जाने बाध्यात्मक व्यवस्था हटाउने कार्य २०७९ भित्रै सम्पन्न गरिन्छ ।’उनले आचरणमा आएको विचरणलाई सुधार्न पनि निर्देशन दिए । वसायिकता, इमान्दारिता, बफादारिता र आचरण सुधारलाई मूलमन्त्र बनाएर काम गर्न उनले निर्देशन दिए ।


हिमाली क्षेत्रका सीमा नाकामा खटिएका सशस्त्र प्रहरीका कर्मचारीलाई मौसम अनुसारको लत्ताकपडाको व्यवस्था गर्नका लागि प्रक्रिया अगाडि बढाएको आईजीपीले बताए । कमाण्डमा जाने अधिकृतहरुको पूर्वानूमान सूची प्रकाशन गरेर सरुवा गर्ने नीति लागू गरिएको उनले बताए ।