
धनगढी । प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेका छन् ।

धनगढी आइपुगेका सिंहले प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् । प्रहरी प्रधान कार्यालयले डीआईजी मोहन कुमार आचार्यको ठाउँमा सिंहको सरुवा गरेर पठाएको थियो ।



उनी यसअघि नेपाल प्रहरी प्रधान कार्यालय बिशेष व्यूरो नक्सालमा कार्यरत थिए ।
