जिफन्टका सचिव रमेश पन्त १० लाख नक्कली नोटसहित पक्राउ

काठमाडौं । नेकपा (एमाले) निकट नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव तारानिधि पन्त १० लाख रुपैैयाँ नक्कली नोटसहित पक्राउ परेका छन् ।

प्रहरीका अनुसार वास्तविक नाम तारानिधि पन्त भए पनि रमेशप्रसाद पन्तको नाममा चिनिने उनलाई सर्लाहीको सीमा क्षेत्रमा नक्कली नोट कारोबार गर्नेहरुसँग कनेक्सन देखिएपछि पक्राउ गरिएको हो ।

सर्लाहीको नेपाल–भारत सीमामै नक्कली नोट कारोबारको डिल गरिरहेकै अवस्थामा ४ माघ, २०७९ मा १० लाख सहित उनलाई पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले नक्कली नोट कारोबारको आशंकामा पन्तलाई पक्राउ गरिएको बताए । एसपी सुवेदीले भने–‘नक्कली नोट कारोबारी पक्राउ परेकाहरुसँग उनको कनेक्सन देखिएको छ । उनीसहित सीमा क्षेत्रमा शंकास्पद नक्कली नोट कारोबारमा अरु केही पनि पक्राउ परेका छन् ।’


नक्कली नोट १० लाख सहित पक्राउ गरिएको बिषयमा भने एसपी सुवेदीले खुलाउन चाहेनन् । माघ ४ मा पक्राउ परेका परेका पन्तलाई शुक्रबार म्यादथप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । नक्कली नोट कारोबारमा संलग्न पन्तलाई छाड्न एमालेका नेताहरुले प्रहरीमाथि दबाब दिइरहेकाले यो प्रकरण गुपचुप राखिएको छ । प्रहरी समेत पन्तको गिरोहलाई पक्राउ गरेको बिषयमा खुलेर बोल्न डराइरहेको छ ।


गृहमन्त्री रवि लामिछानेले नक्कली नोट कारोबारमा संलग्न पन्तलाई कडा कारबाही गराउने हुन् कि एमालेको नेतृत्वको दबाबसामु लत्रिने हुन्, पन्त प्रकरणपछि छर्लङ्ग हुनेछ । पन्तले एमाले नेता महेश बस्नेतमात्र होइन, अध्यक्ष केपी शर्मा ओली र बिष्णु रिमालसँग सम्बन्ध भएको देखाउन सामाजिक संजालमा तस्वीर राख्ने गरेका थिए । नक्कली नोट कारोबारमा पक्राउ परिसकेपछि पन्तको फेसबुक डिएक्टिभ गरिएको छ । अपराधिक क्रियाकलापमा संलग्न पन्तलाई ओलीले पार्टीमा अविरजात्रा गरी प्रवेश गराएर जिफन्टको सचिवको महत्वपूर्ण जिम्मेवारी दिएका थिए । नक्कली नोट कारोबारमा पक्राउ परिसकेपछि पन्तको फेसबुक डिएक्टिभ गरिएको छ ।


को हुन् रमेश भन्ने तारानिधि पन्त ?


नेकपा माओवादी २०६२–०६३ मा शान्ति प्रक्रियामा आएपछि क्यासिनोहरुबाट असुली गरी अकूत सम्पत्ति आर्जन गरेका विवादित पात्र हुन् रमेश पन्त । डा. बाबुराम भट्टराईको निकट भन्दै उनी धेरै संदीग्ध गतिबिधिमा संलग्न भएको गुनासो आएपछि अखिल नेपाल ट्रेड युनियन महासंघले उनलाई कारबाही गरेको थियो ।


महासंघले कारबाही गरेपछि पन्तले महासंघका तत्कालीन अध्यक्ष शालिग्राम जम्कट्टेल(हाल बागमती प्रदेशका मुख्यमन्त्री) माथि नै २०६८ भदौ १० गते साँझ बबरमहलमा खुकुरी प्रहार गरेका थिए । रमेश भन्ने तारानिधि पन्त, इन्द्रबहादुर शाही ठकुरी, प्रभात भन्ने राम पुडासैनी, कमलबहादुर बुढाथोकी र नवीन भन्ने सुदिप कार्कीले जम्कट्टेलमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो ।

ज्यान मार्ने उद्योग मुद्दा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेकोमा विपक्षी नेपाल सरकारले २०६९ साउन २ मा मुद्दा फिर्ता लिन निर्णय गरेको थियो ।


आफ्नै नेतामाथि नै खुकुरी प्रहार गर्ने अपराधिक क्रियाकलापमा उत्रिएपछि माओवादीले पन्तलाई कारबाही गरेको थियो । माओवादीले कारबाही गरिसकेपछि रमेश पन्त २०७० एमालेमा प्रवेश गरेका थिए । एमालेले उनलाई जिफन्टको सचिवको जिम्मेवारी दिएको थियो । जिफन्टको १० बर्षभन्दा बढी नेतृत्व एमालेका उपमहासचिव बिष्णु रिमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..