गाडीका पार्टपुर्जासहित २ पक्राउ

रौतहट । रौतहट प्रहरीले शनिबार भन्सार छलेर अवैध रूपमा भित्रयाएको गाडीको विभिन्न पार्टपुर्जासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गरुडा नगरपालिका ६ का ४० वर्षीय कुन्दन चौधरी र २५ वर्षीय विजयकुमार यादव रहेका छन् ।

उनीहरुबाट प्रहरीले बिआर ०५ एयु ३७२८ नम्बरको मोटरसाइकल, दुई लाख नौ हजार बराबरको एयर फिल्टर, मोबिल पिल्टर, ब्रक सोल, डिजल फिल्टर, ब्रेक पैड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पक्राउ परेका दुबै जनालाई सामान र मोटरसाइकलसहित आवश्यक कार्वाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..