सुस्मिता केसी हत्या प्रकरण : ससुरासहित चार जनालाई जन्मकैदको सजाय

मकवानपुर । हेटोंडा उपमहानगरपालिका–४ स्थित घरमा सुस्मिता केसीको आफ्नै परिवारको सदस्यबाट हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ससुरासहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला अदालत मकवानपुरको शुक्रबार बसेको इजलाशले–४ कि २४ वर्षीया सुस्मिता केसीको हत्यामा संलग्न भएको ठहर गर्दै ससुरा, २ नन्द र ज्वाइँलाई जन्मकैदको फैसला सुनाएको हो ।

न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले केसीको परिवारको सदस्यबाटै हत्या गरेको ठहर गर्दै उनको ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैदको सजाय तोकेको हो । सञ्जेलको इजलासले केसीकी सासूलाई भने हत्याको मतियार ठहर गरी १० वर्ष कैदको सजाय तोकेको छ ।

गते २०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका–४ कर्रास्थित घरमा केसीको हत्या गरिएको थियो । केसीको ससुरा प्रकाशले भान्सा कोठामा खाना खाइरहेकी केसीको टाउकोमा पछाडिबाट काठले हिर्काए घाइते बनाएको र ज्यान बचाउन गुहार माग्दा कान्छी नन्द सीताले मसला पिन्ने लोहोरोले टाउकोमा हिर्काएर हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।


घटना भएको भोलि पल्ट मात्र हत्या गरिएको अवस्थामा केसीको शव फेला परेको थियो । केसीको हत्यापछि ससुरा प्रकाश, नन्द सीता, सासुले आत्महत्या देखाउने प्रयास गरेको प्रहरीको अनुसन्धानमा देखिएको थियो । प्रहरीका अनुसार उक्त घटनामा केसीकी जेठी नन्द दुर्गा र ज्वाइँ अरुणको संलग्नता देखिएको थियो ।

केसीको २०७६ वैशाख १८ गते प्रकाशका छोरा रुपेन्द्र थापासँग विवाह भएको थियो । विवाह गरेको छ महिनामा नै रुपेन्द्रको मृत्यु भएपछि बिमा बापतको रकमका लागि केसीको हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

कपिलवस्तु वाणगंगा नगरपालिका माइती भएकी केसीको पति रुपन्द्रको गत २०७६ असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

अर्काेतर्फ केही डिआइजीहरू व्यक्तिगत स्वार्थका लागि सेवाहद हटाउन नहुने भनेर लबिइङमा लागेकाले पनि यसमा ढिलाई हुने सम्भावना छ । काठमाडौं । नेपाल प्रहरीमा नेतृत्व विकास..