रौतहटमा बालकको हत्यामा संलग्न दुईजना सार्वजनिक

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले बालक हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्या भएको ४१ दिनपछि उनीहरूलाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विरबहादुर बुढा मगरका अनुसार जिल्लाको माधवनारायण नगरपालिका ८ बस्ने जयकिशोर प्रसाद कुशवाहाको ९ वर्षीय छोरा आशनारायण प्रसाद कुशवाहा मंसिर २५ गते हत्या गरेको पुष्टि भएको छ ।

उनको शव घटना भएको ६ दिनपछि बागमती नदीमा फेला परेको थियो । प्रहरीका अनुसार सोही ठाउँका ३३ वर्षीय जयराम महतो कोइरी र ३७ वर्षीय सञ्जय रामले बालकको हत्या गरी बागमती नदीमा फालेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

अर्काेतर्फ केही डिआइजीहरू व्यक्तिगत स्वार्थका लागि सेवाहद हटाउन नहुने भनेर लबिइङमा लागेकाले पनि यसमा ढिलाई हुने सम्भावना छ । काठमाडौं । नेपाल प्रहरीमा नेतृत्व विकास..