उपेन्द्र यादवले भने : हामीलाई अपमान गरियो, सरकारमा जाँदैनौं

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नहुने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारे ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,”हामी सरकारमा जाँदैनौं । हामीलाई अपमान गरियो । एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाबीच मात्रै मन्त्रालय बाँडफाँड भयो, हामीलाई अपमान गरियो ।”

आज साँझ बालुवाटारमा बसेको ५ घण्टा लामो छलफलमा मन्त्रालय भागबण्डाको सहमति भएको हो । जसअनुसार एमालेले ८, माओवादीले ४, रास्वपाले ३, राप्रपाले ३, जसपाले २ र जनमत पार्टीले १ मन्त्रालय लिने सहमति भएको थियो ।

तर, जसपाको भागमा वन र ज्येष्ठ नागरिक मन्त्रालय परेको चर्चा छ । यादवले भने आफूहरुलाई सबैले छोडेको मन्त्रालय दिएकोले सरकारमा नजाने निर्णय सुनाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..