सरकारको मुख्य एजेण्डा आर्थिक विकास : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य एजेण्डा नै आर्थिक विकास रहेको बताएका छन्।

काठमाडौंको खुमलटारस्थित दाहाल निवासमा आज उद्योग वाणिज्य सङ्घ चितवनका पदाधिकारीले गरेको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्दै समग्रमा मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने योजना सरकारको रहेको जानकारी गराए।सो क्रमममा व्यवसायीले देशको आर्थिकमन्दीलाई सुधार गर्नुपर्नेतर्फ प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए।


प्रधानमन्त्री दाहालसामु चितवनको नारायणगढ बजार क्षेत्रमा हालै सडक विस्तारका क्रममा घर भत्काइएको विषयका साथै चितवनको कृषि, पर्यटन, स्वास्थ्य, शिक्षाको विकासमा पनि गम्भीर ध्यानाकर्षण गराएको अध्यक्ष श्रेष्ठले बताए।

प्रधानमन्त्रीसँगको भेटमा सङ्घका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र सदस्य राजन पियाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..