जसपा संसदीय दलको नेता चुन्न आज निर्वाचन, तीन नेतामा कसको सम्भावना ?

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेता आज चुनिदैछ । जसपामा संसदीय दलको नेता को बन्ने भन्नेमा सहमति नजुटेपछि निर्वाचनमार्फत चुनिने भएको हो ।संसदीय दलको नेता चुन्नका लागि आज साढे २ देखि साढे ३ बजेसम्म मतदान हुने पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । निर्वाचनपछि आजै अन्तिम परिणाम घोषणा गरिने पनि उनले बताए ।


जसपाको संसदीय दलको नेता बन्नका लागि संघीय परिषद् अध्यक्ष अशोक राई, सांसद राजकिशोर यादव र नवलकिशोर साह चुनावी मैदानमा रहनेछन् ।यसअघि सहमतिमा संसदीय दलको नेता चुन्ने प्रयत्न भएपनि समझदारी हुन सकेन । प्रतिनिधिसभामा जसपाका १२ जना सांसद रहेका छन् ।


संसदीय दलको नेताका लागि हुने निर्वाचनमा मधेश पृष्ठभूमिका सांसदकै पल्ला भारी छ । किनकी पार्टीमा अशोक राई पक्षमा हालसम्म ३ सांसदहरु मात्रै खुलेका छन् ।


बाँकी अन्य सांसदहरु भने मधेशकै सांसदलाई संसदीय दलको नेता बनाउने तर्कमा छन् । तर मधेशका दुई सांसदहरु राजकिशोर यादव र नवलकिशो साहबीच नै सहमति जुट्न नसक्दा यसै भन्ने स्थिति भने छैन ।


जसपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गठिन सरकारलाई समर्थन गरेको छ । तर उसले सरकारमा जाने नजाने भन्ने निर्णय गर्न सकेको छैन ।उसले आगामी पुष १८ र १९ गते हुने राजनीतिक परिषदको बैठकपछि मात्रै सरकारमा जाने या नजानेबारे टुङ्गो लगाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..