एमालेलाई ४ र माओवादीलाई २ प्रदेशमा मुख्यमन्त्री

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सातै प्रदेशमा मुख्यमन्त्रीको भागवण्डा गर्ने विषयमा करिब सहमति बनेको छ ।

एमालेले ४ प्रदेश र माओवादीले २ प्रदेशमा मुख्यमन्त्री लिने समझदारी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बीचमा भएको छ । दुइ नेताले मधेश प्रदेशमा भने जसपा र जनमत पार्टीलाई आलोपालो मुख्यमन्त्री दिने समझदारी गरेका छन । सो अनुसार २ वर्ष ६ महिना एउटाले र २ वर्ष ६ महिना अर्को दलले मुख्यमन्त्री बनाउने छ ।

स्रोतका अनुसार एमालेले प्रदेश १, बागमती, गण्डकी र कर्णालीको मुख्यमन्त्री लिनेछ । त्यस्तै माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री हुनेछ । प्रदेशका मुख्यमन्त्रीहरू पनि केन्द्रको जस्तै आलोपालो गर्ने विषयमा समझदारी भए पनि त्यसमा भने ठोस निर्णय भएको छैन ।

एमालेबाट प्रदेश १ मा हिक्मत कार्की, बागमतीमा जगन्नाथ थपलिया, गण्डकीमा खगराज अधिकारी र कर्णालीमा यमलाल कडेँल मुख्यमन्त्रीका लागि तयार छन ।

माओवादीबाट सुदुरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्नेछन भने लुम्बिनीमा जोखबहादुर महरा मुख्यमन्त्री बन्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..