बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न गृहलाई सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालय काठमाडौंले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको हो । 

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिई डीएसपीले आफै राखेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट अनुसन्धानका लागि टोली खटाइएको थियो ।

सो टोलीले आइतबार केसीको साथबाट ३५ तोला सुन, २५ लाख रुपैयाँको चेक बरामद गरेको थियो । उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाउने डीआईजी राईले बताए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..