बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न गृहलाई सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालय काठमाडौंले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको हो । 

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिई डीएसपीले आफै राखेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट अनुसन्धानका लागि टोली खटाइएको थियो ।

सो टोलीले आइतबार केसीको साथबाट ३५ तोला सुन, २५ लाख रुपैयाँको चेक बरामद गरेको थियो । उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाउने डीआईजी राईले बताए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..