प्रचण्डलाई फोन गरेर देउवाले दिए प्रधानमन्त्री बनेकोमा बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् । माओवादी केन्द्रकाे पदाधिकारी बैठक बसिरहेका बेला कांग्रेस सभापतिसमेत रहेका देउवाले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका हुन् । 

१ सय ६९ सांसदकाे समर्थनसहित दावी पेस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । दाहालले आज शपथ लिँदैछन् । 

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले देउवासहित कांग्रेसका अरु पनि थुप्रै नेताहरूले प्रधानमन्त्री दाहाललाई बधाई दिएका जानकारी दिए ।

Mahara 1672031664.jpg

पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्षसमेत रहेका प्रवक्ता महराले पार्टीका तर्फबाट पहिलो चरणको मन्त्रीमण्डलमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय भएको जानकारी दिए ।

उनले यसअघिको नेपाली कांग्रेससँगको गठबन्धनमा कांग्रेसले सहमति नमानेर धोका दिएपछि नयाँ विकल्पमा जानुपरेकाे बताए । उनले पहिलो चरणमा गठबन्धनबाट माओवादीले नेतृत्व गर्ने सहमति भए पनि कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै छोड्न तयार नभएपछि विकल्प खोज्नुपरेको प्रष्ट पारे । 

उपाध्यक्ष महराले ४ बजे प्रधानमन्त्रीको शपथपछि आज नै सानो मन्त्रिपरिषद् गठन हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..