एमालेसँग गठबन्धन नगर्ने एकीकृत समाजवादीको घोषणा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमालेसँग मिलेर गठबन्धन नगर्ने बताएको छ । पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफूहरू माओवादीसँगै पछि लागेर बालकोट गएर नयाँ गठबन्धन नगर्ने जानकारी दिए ।

‘हामीसँग सल्लाह नगरि उहाँ बालकोट जानुभएको हो । बालकोट जाँदैमा नयाँ समीकरण र सरकार बन्छ भन्ने ग्यारेन्टी छैन’, उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वर्तमान गठबन्धन छाडेर एमालेसँग मिल्न गएपछि एकीकृत समाजवादीका शीर्ष नेताहरूको अनौपचारिक बैठक बसेको छ । बैठकले बालकोट गएर संवाद गर्दैमा एमाले–माओवादी सरकार बन्ने ग्यारेन्टी नभएको निष्कर्ष निकालेको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..