भारतीय सेनाद्वारा सैन्य सामाग्री हस्तान्तरण

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई सैन्य सामाग्री हस्तान्तरण गरेको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमबीच युनिभर्सल ड्राइभिङ सिमुलेटर र इन्फेन्ट्री विपन ट्रेनिङ सिमुलेटर प्रदान गरिएको बताइएको छ ।

हाल नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाको आर्मी ट्रेनिङ कमाण्ड (आर्कट्रयाक) का प्रमुख लेफ्टिनेण्ट जनरल जेएस सन्धुले ती सामाग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले नेपाल सरकार र भारत सरकारबीच २०७५ मंसिर २८ गते सम्पन्न सम्झौताबमोजिम भारतीय सेनाले सहयोग स्वरुप उपलब्ध गराएका ती सामाग्री आज काठमाडौंमा नेपाली सेनालाई हस्तान्तरण गर्नुभएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालायले जनाएको छ ।

तालिमको निम्ति उपयुक्त ती सामाग्री सीतापाइलास्थित सेनाको युद्धकवच गणमा बलाधिकृत रथी सरोजप्रताप राणामार्फत् नेपाली सेनालाई उपलब्ध गराइएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..