विद्यालयबाट फर्किदै गरेका दुई बालिका बलात्कृत


विराटनगर । मोरङ विद्यालयबाट फर्किदै गरेका दुई बालिका बलात्कृत भएकी छन् । विद्यालयबाट घर फर्कदै गरेका सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिका बलात्कृत भएकी हुन् । बालिका १४ वर्षका छन् ।


बलात्कारकाे आराेपमा प्रहरीले दुई युवकलाई पक्राउ समेत गरेको छ । सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङलाई प्रहरीले पक्राउ गरेकाे हाे।

पुस १ गते शुक्रबार घरबाट विद्यालय हिँडेका बालिका भोलिपल्ट मात्रै घर फर्किएका थिए । आफन्तले सोधीखोजी गर्दा बलात्कृत भएको खुलाएका थिए ।


जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बालिकालाई सुन्दरहरैँचा–७ बेलगाछीमा रहेको होटल दरबार इन, रेस्टुरेन्ट एन्ड लजको दोस्रो तलाको अलगअलग कोठामा बलात्कार भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।बालिकाका अभिभावकले आइतबार साँझ दिएको किटानी जाहेरीका आधारमा प्रहरीले तिम्सिना र तामाङलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..