घरेलु हिंसापीडित नेहाले हालिन् श्रीमानविरुद्ध अदालतमा दुई मुद्दा

जनकपुरधाम । दाइजो कम दिएको निहुँमा हिंसामा परेकी नेहा चौधरीले न्यायका लागि अदालतमा मुद्दा दायर गरेकी छन् ।

उनी श्रीमान डा. पंकज चौधरी विरुद्ध सोमवार जिल्ला अदालत महोत्तरीमा घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दर्ता गराइन् । महोत्तरीको औरही नगरपालिका १ घर भएकी नेहा र सोही जिल्लाका रामगोपालपुर नगरपालिका ५ का डा. चौधरीबीच ०७८ फागुनमा विवाह भएको थियो ।

विवाहमा नेहाका परिवारले दाइजोमा २० तोला सुनका गहना र ५१ लाख रुपैया नगद दिएको थियो । तर पनि दाइजो नपुगेको भन्दै उनीमाथि याताना दिन थाल्यो ।

दशैं टिकाको दुई दिनपछि नेहालाई श्रीमान्ले निर्घात कुटपिट गरेपछि माइत पक्षले उद्धार गरी अस्पताल पुर्याएको थियो । उपचार पश्चात स्वास्थ्यमा सुधार आएपछि उनी न्यायका लागि अदालतमा मुद्दा दायर गरेकी हुन् ।

उनका श्रीमान् डा. चौधरी काठमाडौंको नर्भिक अस्पतालमा कार्यरत थिए । तर यो घटना बाहिर आएपछि अस्पताल प्रशासनले उनलाई खर्बास्त गरिसकेको छ । उनले पनि अदालतमा डिभोर्स मुद्दा चलाएको छ ।

पीडित नेहा भने डिभोर्स गर्ने पक्षमा छैन । आज रामगोपालपुर नगरपालिका पुगेर न्यायिक समितिमा पनि मुद्दा दर्ता गराउन गएकी थिइन् । तर नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र न्यायिक समितिको संयोजक समेत रहेकी उपप्रमुख नभेटेपछि उनी फर्केकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..