कैलालीमा हँसिया प्रहारबाट एकको मृत्यु, एक घाइते

धनगढी । कैलालीमा भिनाजुको हँसिया प्रहारबाट सालाको मृत्यु भएको छ । हँसिया प्रहारबाट जोशीपुर गाउँपालिका-६ भगतपुर बस्ने ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो ।

मंगलबार राती जोशीपुर गाउपालिका- ६ कुमारी बाग बस्ने भिनाजु नाता पर्ने ५० वर्षीय गौरीलाल ढुङ्गानाले हँसिया प्रहार गर्दा साला नाता पर्ने पदमराजको मृत्यु भएको र अर्का साला ४० वर्षीय जयराज भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

हँसिया प्रहारबाट सख्त घाइते भएका दुबै जनालाई उपचारको लागि टिकापुर अस्पताल पठाएकोमा अस्पतालमा पुगि डाक्टरले चेकजाँच गर्दा घाइते पदमराजलाई मृत घोषणा गरेको र अर्का घाइते जयराजलाई थप उपचारको लागि कोहलपुर रिफर गरेको प्रहरीले जनाएको छ ।घटना पछि आरोपित ढुङ्गाना फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..