राष्ट्रपति भण्डारी र सिके राउतबीच भेटघाट


काठमाडौँ। सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) यतिबेला राजनीतिक भेटघाटमा व्यस्त रहेका छन् ।

अध्यक्ष राउतले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। आज मंगलबार उनले राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत् भेटको तस्बिर सार्वजनिक गरेका छन्।


उनीहरूबीच शिष्टाचार भेटघाट भएको र देशको समसामयिक राजनीतिक निकासका विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। सप्तरी क्षेत्र नम्बर २ मा मंसिर ४ गते सम्पन्न निर्वाचनमा राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..