इन्द्रचोकमा चिनियाँ नागरिकको झगडा छुरा प्रहारबाट एकको मृत्यु

काठमाडौं । काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच भएको झगडामा एक जनाको मृत्यु भएको छ ।

अर्का एक घाइते भएका छन् ।प्रहरीका अनुसार आइतबार मध्यान्हतिर इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच झगडा भएको थियो । त्यसक्रममा ३७ वर्षका फेङ जेङयुङले दुई जनालाई चक्कु हानेका थिए ।

३२ वर्षका ली चुजान र २९ वर्षका गान साउजिओङ घाइते भए ।लीको पेटमा गहिरो चोट लागेको थियो भने गानको पेट, छाती ठाउँकोका दाया भागमा चोट लागेको थियो । गानको उपचारका क्रममा आइतबार साँझ राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ । लीको उपचार भइरहेको छ ।चक्कु हान्ने फेङ प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..