काठमाडौं । दोलखाको प्रतिनिधिसभाको मतगणनामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर घटाउँदै लगेका छन् ।
गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गंगा कार्कीले फराकिलो अग्रता लिए पनि शुक्रबार बेलुका शिवाकोटीले मतान्तर घटाउँदै ८८६ मा पुर्याएका छन् ।
शुक्रबार साँझ ७ बजेसम्मको परिणाम अनुसार गठबन्धनका कार्कीले ५६५२ मत प्राप्त गरेका छन् भने एमालेका शिवाकोटीले ४७६६ मतका साथ उनलाई पछ्याइरहेका छन् ।


