उषा राई मृत्यु प्रकरणः आरोपित उर्मिलाको घर घेराउ


धरान । धरान १३ मा डेरा गरि बस्ने उषा राईलाई कुटपिट भएको एक महिनापछि मृत्यु भएको घटना चर्कदै गएको छ ।
मृतकलाई न्याय दिनुपर्ने र कुटपिटमा संलग्नहरुलाई कारबाही हुनुपर्ने माग पक्राउ परेकि मूख्य आरोपित उर्मिलाको घर घेराउ घेराउ गर्दै महिलाहरुले नाराबाजी लगाएर घेराउ गरेका छन्।

मृतकका छरछिमेक, आफन्तजन तथा विभिन्न वडाका महिलाहरु भेला भएर नाराबाजी गरिरहेका छन् । उनीहरुले जाहेरीमा उल्लेख भएका सबैलाई पक्राउ गर्नुपर्ने, मुख्य आरोपीको श्रीमान गोविन्द राईलाई पनि नियन्त्रणमा ल्याउनुपर्ने माग गर्दै नारा लगाइरहेका छन् ।


उक्त घटनाको मुख्य आरोपी उर्मिला राई पक्राउ परिसकेकी छिन् । अन्य भने फरार छन् । आन्दोलनरत महिलाहरुको अडानको कारण मृतकको पोष्टमार्टम पनि हुन सकेको छैन ।
यता ईलाका प्रहरि कार्यलय धरानमा पनि नाराबाजि चलिरहेको समयमा पक्राउ परेकि उर्मिलालाई म्याद थप गर्नु जिल्ला अदालत लाने समयमा उर्मिलाको हातमा हत्कडि नलगाएको र उर्मिलाले गाडिबाट हात लोपारेको भन्दै आन्दोलनकारिहरु उर्मिलाको घरमै पुगेर घर घेराउ गरेका हुन्।

उर्मिला बस्ने घर वन कार्यालय धरान १३ मा नै रहेको छ । आन्दोलनकारिले ढुङगा हान्दा प्रहरिले सरकारि भवनमा ढुङगा प्रहार नगर्नु र तोडफोड नगर्नु आग्रह गरेको थियो।
विभिन्न केमिकल, खोर्सानीको धुलोसमेत मिसाएको झोल पदार्थ उषालाई पिलाएको र उनको स्वास्थ्यमा गम्भीर असर पुगेको परिवारजनले बताएका छन् ।

मृतक उषा २ छोरीको साथ डेरामा बस्थिन् । उनको श्रीमान्को करिब २ बर्षअघि नै मृत्यु भइसकेको थियो । मृतक उषा कपडा सिलाएर घर खर्च जुटाइरहेकि एकल महिला हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..