अप्राकृतिक मैथनु गर्न खोजेपछि दाउराले हानेर हत्या एकजना पक्राउ

बारा । बारामा एक व्यक्तिलाई हत्या गरेर खाल्डोमा गाडेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको कोल्हवी नगरपालिका–११ को रामपुर्वा टोलका ४३ वर्षीय परीक्षण चौधरी मृत अवस्थामा बुधबार बिहान ९ बजे भेटिएका थिए ।


स्थानीय गाँउघरका मानिसहरुले शव गाडिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेपछि शव खाडलबाट उत्खनन् गरी झिकिएको थियो । स्थानीयले इनार बनाउनका लागि खनिएको खाडलमा चौधरीको शवलाई हत्या पश्चात पुरिएको थियो ।


घटना भएको छेउमा फेला परेको चप्पलको आधारमा अनुसन्धान गर्दा हत्या आरोपमा एक जना ना–बालकलाई पक्राउ गरिएको बाराका प्रहरी नायव उपरीक्षक होवेन्द्र बोगटी जानकारी दिए ।


पक्राउ परेका बालक र मृतक परीक्षण चौधरी घटनाको अघिल्लो दिन राति गाउँमा मेला हेर्न गएको र सँगै मदिरा सेवन गरेका थिए । घर जाने क्रममा परीक्षण चौधरीले आफूमाथि अप्राकृतिक मैथनु गर्न खोजेकाले दाउराले हानेर हत्या गरेको ती बालकले प्रहरी समक्ष कबुल गरेको बाराका प्रहरी नायव उपरीक्षक होवेन्द्र बोगटीले जानकारी गराए ।


हत्या गरेपछि खाल्डो खनेर गाडिएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका बालकलाई जिल्ला अदालत बाराबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । हत्या गर्ने ना–बालक भएकाले पहिचान खुलाउन नमिल्ने बाराका प्रहरी उपरीक्षक होवेन्द्र बोगटी जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..