मापसे गरी भाडाको टाटा सुमो चलाउने चालकलाई अभद्र व्यवहारमा मुद्दा

काठमाडौं । काठमाडौंको फर्पिङबाट हिजो पक्राउ परेका सुमो चालकलाई आज अभद्र व्यवहार मुद्धा चलाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार मदिरा सेवन गरि ना १ ज ८४ ६९ नम्बरको भाडाको टाटा सुमो चलाउँदै गरेका चालक काभ्रेपलाञ्चोकको पनौती घर भएका ४४ वर्षीय नवराज के.सी.लाई ट्राफिक प्रहरीले काठमाडौँको फर्पिङबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी प्रहरी वृत कीर्तिपुरमा बुझाएको थियो ।

पक्राउ परेका के.सी.माथि अभद्र व्यवहार मुद्धामा दिन ५ (पाँच) म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको छ । यस्तै, काठमाडौंको बौद्ध दक्षिणढोकाबाट सवारी चालक अनुमती पत्रको लिखित परीक्षामा सहभागी हुन परिक्षा हल भित्र प्रवेश गर्दै गरेका एकजना नक्कली प्रशिक्षार्थीलाई पनि आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त बौद्धमा बुझाइएको छ ।

बर्दियाको सुर्यपुरा ७ घर भइ ललितपुरको हात्तीवन बस्दै आएका विक्रम थारुको नाममा लिखित परीक्षा दिने धनुषाको जनकपुर उपमहानगरपालिका १५ का २६ बर्षीय अरुण मण्डललाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बौद्धमा बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..