हत्या आरोपमा एक पक्राउ


दार्चुला। दार्चुलामा मतदान गर्न सदरमुकाबाट गाउँ जाने क्रममा पुरुषको हत्या अभियोगमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।व्‍यास गाउँपालिका-४ को डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्या अभियोगमा सोही ठाउँका २५ वर्षीय दिपक विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेले सदरमुकाम खलंगामा होटल सञ्चालन गर्दै आएका विष्ट मंसिर २ गते मतदान गर्न भनेर घर गएका थिए ।३ गते बेलुकादेखि सम्पर्कविहीन बनेका विष्ट मंसिर ४ गते स्थानीय गोदार खोलामा ढुंगाले च्यापेको अवस्थामा मृत भेटिएका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोगमा अनुसन्धान गर्ने क्रममा मंसिर ३ गते राति १० बजेतिर डोब भन्ने ठाउँमा मृतकसँगै मदिरा सेवन गरेका दिपकले हत्या गरेको खुलेपछि पक्राउ गरिएको डीएसपी पाण्डेले बताए ।

अभियुक्त विष्टले विवादका क्रममा टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेर शव घिसारेर दुई सय मिटर तल गोदरा खोलामा फालेर ढुंगाले च्यापेको बयान दिएको प्रहरीको भनाई छ ।जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर विष्टमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मृतक विष्ट विगत १० वर्षदेखी दार्चुला सदरमुकाम खलंगामा होटल सञ्चालन गर्दै आएका थिए । उनका श्रीमति र ४ जना नाबालक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..