बालुवाटार बोलाएर आईजिपीद्वय धिरजप्रताप सिंह र राजु अर्याललाई प्रधानमन्त्री देउवाले दिए धन्यवाद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आईजिपीद्वय  धिरजप्रताप सिंह र राजु अर्याललाई बालुवाटार बोलाएर धन्यवाद दिएका छन् ।

प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै नेपाल प्रहरी प्रमुख धिरजप्रताप सिंह र सशस्त्र प्रहरी प्रमुख राजु अर्याललाई बालुवाटार बोलाएर देउवाले धन्यवाद दिएका हुन् ।

त्यसक्रममा दुवै सुरक्षा निकायका प्रमुखले निर्वाचनका बेला देशभर भएका घटनाबारे ब्रिफिङ पनि गरेका थिए ।

स्रोतका अनुसार आईजीपी सिंहले चुनावका दिन १४ जिल्लामा २२२ राउण्ड गोली चलेको ब्रिफिङ गरेका थिए । त्यसक्रममा ४८ राउण्ड अश्रूग्याँस प्रहार गरिएको थियो ।

स्रोतका अनुसार चुनावका दिन बाजुरामा एकजनाको मृत्यु भएको विषयमा प्रधानमन्त्री देउवाले जिज्ञासा राखेका थिए ।

जवाफमा आईजीपी सिंहले घटनामा २२ जनाविरुद्ध किटानी जाहेरी परेको र दुईजना पक्राउ परिसकेको बताएका थिए । ‘यो विशुद्ध आपराधिक कारण भएको घटना थियो’, उनले भनेका छन् ।

प्रधानमन्त्री देउवाले उच्च व्यवसायिकताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारी, सम्पूर्ण प्रहरी अधिकृत र जवानलाई पनि आईजिपीद्वय मार्फत बधाई दिएको स्रोतले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..