समानुपातिका नेकपा एमालेको अग्रता कायमै, माओवादी फेरि तेस्रो नम्बरमा

काठमाडौं । समानुपातिकतर्फ अहिलेसम्म नेकपा एमालेले सबै भन्दा बढी २५ लाख ४८ हजार ४४७ मत प्राप्त गरेको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २४ लाख ४ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्र पुनः तेश्रो नम्बरमा उक्लिएको छ । उसले १० लाख ७१ हजार मत पाएको छ । चौथो स्थानमा झरेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६४ हजार २ सय ०५ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४५ हजार मत प्राप्त गरेको छ । यसैगरी जनता समाजवादी पार्टीले तीन लाख ३० हजार मत प्राप्त गरेको छ ।

त्यसैगरी जनमत पार्टीले २ लाख ६६ हजार, नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ५३ हजार मत, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३७ हजार नौ सय ३९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २४ हजार ३९ मत, नेपाल मजदुर किसान पार्टीले ७२ हजार छ सय ३१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेशसभा तर्फको समानुपातिक मतगणनामा मधेस प्रदेश बाहेक सवै प्रदेशमा नेकपा एमालेको अग्रता कायमै छ । मधेस प्रदेशमा भनेर नेपाली कांग्रेस अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..