भोजपुरबाट प्रदेशसभामा कांग्रेसका राई विजयी

भोजपुर । भोजपुरमा प्रदेशसभा (२) तर्फ नेपाली कांग्रेसका विनोद राई विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वान्तावाले नेकपा एमालेका खड्गबहादुर कार्कीलाई ७५१ मतान्तरले पराजित गरेका हुन् ।


राईले १३ हजार ५ सय ७९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कार्कीले १२ हजार ८ सय २८ मत ल्याए ।प्रदेशसभा २ मा २९ हजार ४ सय ७४ मत खसेको थियो । जसमध्ये सदर मत २८ हजार ३ सय २५ र बदर १ हजार १ सय ४९ रहेकोछ । आधिकारिक रुपमा विजयी घोषणा भने हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

अर्काेतर्फ केही डिआइजीहरू व्यक्तिगत स्वार्थका लागि सेवाहद हटाउन नहुने भनेर लबिइङमा लागेकाले पनि यसमा ढिलाई हुने सम्भावना छ । काठमाडौं । नेपाल प्रहरीमा नेतृत्व विकास..