नवलपरासीमा खुकुरी प्रहार गरेको आरोपमा एकजना पक्राउ

नवलपरासी । नवलपरासी बर्दघाट नगरपालिका-४ को एक खाजा पसलमा मंगलबार राति खुकुरी प्रहारको घटनामा संलग्नको आरोपमा एक जना पक्राउ परेका छन् ।
मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जनाको चिन्ताजनक छ ।

घटनामा संलग्नको आरोपमा बर्दघाट नगरपालिका –२ का ५० वर्षका ज्ञानेन्द्रबहादुर रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए ।मंगलबार राति करिब ९ बजे समयमा खाजा पसलमा पुगेका रानाले पसलधनी ४२ वर्षकी विष्णुकुमारी काउछा र कोठामा बसेका ४६ वर्षका दीलिपकुमार पुनमाथि खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।

गम्भीर घाइते भएका पुनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको छ । मृतक बडीगाड गाउँपालिका–४, बाग्लुङका हुन् । चिन्ताजनक अवस्थामा भैरहवा मेडिकल कलेजमा उपचार भइरहेकी विष्णु पनि बागलुङको बडीगाडकै हुन् ।विगत ४÷५ वर्षदेखि विष्णुले एक्लै बर्दघाटमा खाजा पसल सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

मृतक पुन र विष्णु नाताले दाजु बहिनी हुन् ।खुकुरी प्रहारपछि भागेका रानालाई आफ्नै घरमा लुकेको अवस्थामा पक्राउ गरिएको डीएसपी पाण्डेले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

अर्काेतर्फ केही डिआइजीहरू व्यक्तिगत स्वार्थका लागि सेवाहद हटाउन नहुने भनेर लबिइङमा लागेकाले पनि यसमा ढिलाई हुने सम्भावना छ । काठमाडौं । नेपाल प्रहरीमा नेतृत्व विकास..