कैलालीबाट कांग्रेसका प्रकाश देउवा प्रदेशसभामा निर्वाचित

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका देउवा नौँ हजार ५९१ मतसहित विजयी भएका हुन् ।


प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाका स्वकीय सचिव प्रकाश प्रधानमन्त्री देउवाका भतिजा हुन् । देउवाका प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले छ हजार ३५१ मत प्राप्त गरेका छन् ।कैलाली–५ बाट एकल सिफारिसमा परेकी आरजुले अन्तिम समयमा समानुपातिकमा बसेपछि प्रदेशसभा(२) का लागि सिफारिस भएका डिल्लीराज पन्तलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउदै कांग्रेसले देउवालाई प्रदेशसभामा टिकट दिएको थियो ।


नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले चार हजार ३५८ मत ल्याउदै तेस्रो स्थान हासिल गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले तीन हजार ४२२ र कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले तीन हजार १८२ मत प्राप्त गरेका छन् ।प्रतिनिधिसभातर्फ पनि नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ ।

झण्डै ६५ हजार मत खसेकोमा ५५ हजार ८५३ को गणना सकिदा कांग्रेसका डिल्लीराज पन्तले १८ हजार ५२९ मतसहित अग्रता लिएका छन् । पन्तलाई पछ्याइरहेका नेकपा एमालेका नारदमुनि रानाले १७ हजार ६०७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

अर्काेतर्फ केही डिआइजीहरू व्यक्तिगत स्वार्थका लागि सेवाहद हटाउन नहुने भनेर लबिइङमा लागेकाले पनि यसमा ढिलाई हुने सम्भावना छ । काठमाडौं । नेपाल प्रहरीमा नेतृत्व विकास..